हेटौंडाका टोलै पिच्छे पटका पड्कीन थाले, प्रहरी भने कुकुर लिएर गाडी चेकजाँचमा

जनपत्र
१० कार्तिक २०७६, आईतवार ०८:१७

हेटौंडा । तिहार सुरु भएसंगै हेटौंडाका टोल टोलमा पटका पड्कन थालेका छन् । अझै प्रहरीकै अगाढी समेत पटका ठुलो आवाजमा पड्कने गरेको छ । तिहार भन्दा अगाडीनै पटका भित्रीएकाले बालबालिका, किशोर किशोरीहरु पटका पड्काएर रमाउने गरेका छन् । तिहार नजिकिँदै गर्दा बिष्फोटक पदार्थ भित्रने क्रम ह्वात्तै बढेसंगै अझै यसको नियन्त्रण भने हुन सकेको छैन ।

टोल टोलमा पटका पुगिसकेपछी मकवानपुर प्रहरी भने कुकुर लिएर राजमार्गमा चलेका गाडी चेकजाँचको कामलाई तिब्र पारेको छ । गत वर्षको तुलनामा यस वर्ष धेरैनै पटका भित्रीएको छ । सहज रुपमा हेटौंडाका बजार, चोक, टोल टोल र गाउँ गाउँका पसलमा पटका खरिद गर्न पाइन्छ ।

प्रहरी प्रशासनले तिहारको अवसरमा बिष्फोटक पदार्थ पटका किनबेच नगर्न आग्रह गर्दागर्दै पनि घर(घरमा विष्फोटक पदार्थ भित्रने क्रम सुरु भैसकेको छ। बालबालिकाले मात्रै होइन, किशोरकिशोरी तथा अभिभावलेसमेत बिष्फोटक पदार्थ पटका पड्काएर रमाइलो मान्ने क्रम सुरु भैसकेको छ ।

प्रतिबन्धित बिष्फोटक पदार्थ पटका लुकिछिपि किनबेच गर्नेहरूको कमी आएको छैन । पटका भुइचम्पा, अतिसबाजि पड्काउने क्रम बढेसँगै प्रहरीले यस्ता पदार्थको आयातमा कडा निगरानी राखेको छ । विरगंज हुँदै यस्ता पद्धार्थ भित्रने भएकोले मकवानपुर प्रहरीले हेटौंडा प्रवेश गर्ने नाकामा यसको निरानी बढाएको छ ।

मकवानपुर प्रहरीले बुधबारमात्रै ६१ वटा सवारी चेकजाँजको क्रममा ठूलो परिमाणमा बिष्फोटक पदार्थ पटका बरामद गरेको छ । त्यस लगतै लगातार जसो पटका वरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार मकवानपुर जिल्ला हेटौंडा पमहानगरपालिका–१४ रातोमाटेमा विशेष चेकिङबाट बिष्फोटक पदार्थ बरामद गरेको हो। तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले बस, ट्रक, सुमो, मोटरसाइकललगायतका ६१ वटा सवारी साधान चेकजाचँ सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्ष यज्ञप्रसाद भट्टराईका अनुसार आलु बम १७ प्याकेट, बुलेट बम १० प्याकेट, नागिन पटका ११ प्याकेट, रकेट बम २५ पिस, झिरझिरे १ सय ५० पिस, थ्री स्टार क्रेकर १२ प्याकेट बरामद गरिको थियो ।

प्रहरीले बरामद गरेको बिष्फोटक पदार्थ (पटका) स्थानीय पत्रकार, जिल्ला प्रशासन कार्यलय मकवानपुर प्रतिनिधिलगायत सामाजिक व्यक्तित्वको रोहबरमा नष्ट गरेको छ। प्रहरीले आफ्नै कार्यालय हाताभित्र रुखाल्डो खनी पानीले भिजाई ति पटका नष्ट गरेको हो ।
नागरिक सचेत बन्ने र विष्फोटक पदार्थबाट आइपर्ने घातक परिणमबारे आफैं सजक हुने हो भने प्रहरीले यस्ता विषयमा निगरानी राख्ने समय अन्य अझै बढी शंवेदनशिल काममा लगाउन सहज हुने प्रहरी प्रवक्ता भट्टराइले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*