हेटौंडाका भेट्रान्स खेलाडी समुहले गरे अग्निहोत्रा आश्रममा पुस्तक सहयोग

जनपत्र
१० कार्तिक २०७६, आईतवार ०६:५१

हेटौडा भेट्रान्स क्लबमा आवद्ध खेलाडीको एक समुहले रजैयामा रहेको अग्निहोत्रा आश्रममा पुस्तक सहयोग गरेको छ । शनिवार समुहले करिब १६ हजार मूल्य बराबरको धार्मिक तथा बैद्धिक पुस्तकहरु आश्रमलाई प्रदान गरेको हो ।

पुस्तक ग्रहण गर्दै आश्रमका संचालक गुरु डा. सिताराम खनालले आश्रमलाई अध्ययनका लागी बहुउपयोगी बैदिक शास्त्रका पुस्तकहरु प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै समुहलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । समुहले जिल्लाका विभिन्न संघ संस्थाहरुमा यस्ता सहयोगहरु अघि बढाउँदै लैजाने योजनाहरु बनाएको बताएको छ ।

कल्बमा आबद्ध खेलाडीहरु मणिराज गौतम,दिपक तिवारी,राजकुमार बास्तोला,सुपेन्द्र तिवारी,राजकुमार श्रेष्ठ,अतुल बर्मा,बिक्रम बिष्ट,दिपक बज्रचार्य,हरेराम राई लगाएतको समुहले यो सामाजिक कार्य सुरु गरेको हो । समुहले जिल्लाका बिभन्न ठाउमा सहयोगहरु अगाडी बढेउने योजना ल्याएको छ । बिशेषगरी ग्रमिणभेगमा यो समुहले सहयोग गर्ने योजना बनाएको बताएको छ । सिधा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*