व्यावसायीक रुपमा फूलखेती गर्दै मकवानपुरका किसान

जनपत्र
८ कार्तिक २०७६, शुक्रबार ०५:२०

हेटौँडा । मकवानपुरमा व्यावसायीक रुपमा फूलखेति गर्ने किसानहरु बढ्दै गएका छन् । फूलखेतीबाट राम्रो आमदानी हुन थालेपछी तिहारका लागि मात्र नभएर वषैभरी फूलखेती गरेर राम्रो आमदानी लिने किसानहरु बढ्दै गएका छन् । हेटौंडा १२ का वडा अध्यक्ष समेत रहनु भएका ललित घलान र हेटौंडा ६ चौघडाका बालकृष्ण चौलागाई मात्र होइन, अहिले व्यावासयाीक रुपमा फूल खेती गर्ने किसानहरुको सख्या निकै बढेको छ ।

पहिले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत फाखेलमा मात्र फूल खेती गरिदै आएको भएपनि पछील्ला वर्षमा मकवानपुरको दशवटै स्थानीय तहमा तीहारलाई लक्षीत गरेर फूल खेती गरिदै आएको छ । वेमौसमी रुपमा भने धेरैले यसको खेती गर्न थालेका छन् ।

यसैगरी कृषि र पशुपालनका लागि प्राविधिक सहयोग गर्दै औषधी र मलखाद बिक्री गरिरहनु भएका मनहरीका हरिशरण अर्यालले व्यवसायिक खेती किसानीमा अग्रसरता देखाउनुभएको छ ।

हेटौँडापछि मकवानपुरकै दोस्रो व्यापारिक क्षेत्रको रुपमा परिचित मनहरी बजारमा उहाँले सञ्चालन गर्नु भएको कृषि पसललाई निरन्तरता दिँदै मनहरी गाउँपालिका वडा नं ७ रमौलीमा पछिल्ला केही बर्षदेखि व्यवसायिक कृषि फर्म दर्ता गरी कृषिको व्यवसायिकतालाई उहाँले निरन्तरता दिनुभएको हो । उहाँको फर्ममा ६ हजार कुखुरा नियमित रुपमा पालिएको मात्र छैन, अहिले अनेक किसिमका फूल, वनस्पति र बोटबिरुवाहरु हुर्कदैँ गएको छ ।

उहाँको फर्मले यस वर्ष दीपावलीलाई लक्षित गरी सयपत्री फूल उत्पादन गरेको छ । रमौलीस्थित १२ कट्ठा जग्गामा उहाँले सुरु गर्नु भएको फूलखेती लोभलाग्दो र आकर्षक मात्र छैन, फूलको माग पु¥याउनै नसकिने गरी बजार पाएको छ ।

‘तिहारलाई लक्षित गरी १३ हजार थान सयपत्री फूलका बिरुवा रोपेको थिएँ, त्यही बिरुवाले अहिले फूलको उत्पादन दिएको छ ।’, व्यवसायिक कृषि फर्मका सञ्चालक अर्यालले भन्नुभयो । उहाँका अनुसार अहिले फूलखेती भएको स्थलबाटै फूल धमाधम बिक्री भइरहेको छ । प्रति गुच्छा एकरुपियाँ २० पैसाका दरले फूल बिक्री भइरहेको उहाँले बताउनुभयो ।

अहिले राम्रा र ठूला बोटमा ७० वटासम्म गुच्छा लागेको छ । नवलपरासी, नारायणघाट तथा हेटौँडाबाट फूलका बिक्रेताहरुले सम्पर्क गरी तिहारअघि नै फूल टिपेर लैजानेका लागि अर्डर भइसकेको सञ्चालक अर्यालले जानकारी दिनुभयो । ‘बजारको समस्यै रहेनछ, हामी आँत्तिएका मात्रै रहेछौँ’, अर्यालले अनुभव सुनाउनुभयो–‘यति थोरै समयमा राम्र्रो उत्पादन दिने कर्ममा हामीहरुले अब व्यवसायिक ढंगले ध्यान दिनु जरुरी छ ।’

अर्यालका अनुसार अहिले १२ कट्ठामा लगाइएको फूलखेतीको कूल खर्च १ लाख रुपियाँ हो । तर, उहाँले एकै सिजनमा ४ लाख रुपियाँको फूल बेच्ने अनुमान गर्नु भएको छ । फूलखेती गोडमेल र टिपनटापन कार्यबाट स्थानीय महिलाहरुलाई रोजगारी समेत उहाँले सिर्जना गर्नु भएको छ ।

सिंचाइ गरेर टिकाउन खोज्ने हो भने फागुनसम्म सयपत्रीले उत्पादन दिने भएपनि आफूले उक्त क्षेत्रमा ड्रागन फ्रुट रोप्ने योजना अनुसार बिरुवा मगाइसकेकाले मंसीरको अन्तिमसम्म मात्र फूलका बोटहरु राखिने उहाँले बताउनुभयो । अर्को बर्ष १ बिगाह क्षेत्रमा सयपत्री फूलको खेती गर्ने योजना बनाइएको र हाल व्यवसायिक फर्मले ड्रागन फ्रुट, मोरिङ्गा लगायतको खेती गर्ने तयारी गरिरहेको छ ।

व्यवसायिक कृषि फर्मममा सयपत्री, ड्रागन फ्रुट, मोरिङ्गा लगायतको खेती अवलोकन गरिसकेपछि इच्छाशक्ति भए स्वदेशमै मनग्यै आर्जन गर्न सकिने अवस्था रहेको भन्दै कृषि कर्ममा युवाहरुले हात हाल्नुपर्ने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*