हेटौँडा बजारमा अनुगमन, अखाध्य बस्तु, लेबल सकिएका खाद्यान्न, पेय पदार्थ जफल
हेटौँडा । संयुक्त अनुगमन टोलीले विहिबार हेटौँडा बजारमा अनुगमन गरेको छ । टोलीले हेटौँडाको स्कूलरोड, बसपार्क लगायतका क्षेत्रमा किराना पसल, मिठाई पसल र होटल अनुगमन गरेको हो ।
१५ वटा पसल अनुगमनका क्रममा अनुगमनका क्रममा फेला पारेको अखाध्य बस्तु, लेबल सकिएका खाद्यान्न, पेय पदार्थ जफल गरेको थियो भने बसपार्क क्षेत्रमा कागजमा पोको पारेर बेच्न राखिएको खानेकुरा नष्ट गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त अर्यालको नेतृत्वामा भएको अनुगमनमा खाद्य निरीक्षक खगेन्द्र खतिवडा, सरोज पौडेल, जिल्ला प्रशासनका सहदेव आचार्य, घरेलु कार्यालयका प्रणयप्रसाद अर्याल, नगरपालिकाका भैरव कुमाल, उपभोक्ता मञ्चका नवराज कोइराला र उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाको सहभागिता रहेको थियो । प्रस्टखवरबाट ।