विप्लव मकवानपुरले गर्यो दुई नेतालाई कारवाही

जनपत्र
७ कार्तिक २०७६, बिहीबार १६:५४

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले दुई जिल्ला नेतालाई साधरण सदस्य समेत नरहने गरि निस्कासन कारवाही गरेको छ ।

बिहिबार विप्लव मकवानपुरका सेक्रेटरी पासाङले जारी गरेको प्रेस विज्ञप्तीमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको भन्दै जिल्ला नेता सम्शेर घिसिङ र विप्लवका युवा नेता केशव सुनार लाई साधरण सदस्य समेत नरहने गरि निस्कासन कारवाही गरेको जनाईएको छ ।

आईतबार विप्लव मकवानपुरका घिसिङ र सुनार दुबै नेता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*