क्यानडाको नोट विश्वकै उत्कृष्ट

जनपत्र
७ कार्तिक २०७६, बिहीबार ०७:०८

क्यानडाकी सामाजिक कार्यकर्ता भिओला डेसमन्डको आकृति समावेश गरिएको १० डलरको क्यानडेली नोटले ‘इन्टरनेस्नल ब्याङ्क नोट सोसाइटी‘ मा ‘नोट अफ द इयर’ को अवार्ड प्राप्त गरेको छ । यसरी ब्याङ्क अफ क्यानडाले अन्य १५ वटा देशलाई हराउँदै वर्षको सबैभन्दा उत्कृष्ट नोट बन्न सफल भएको हो । कार्यकर्ता डेसमन्ड बैंकनोटमा मुख्य रुपमा समावेश गरिने पहिलो क्यानडेली महिला बनेकी छन् ।

यसअघि बेलायती शाही परिवारले मात्र यस प्रकारको सम्मान प्राप्त गर्ने गरेको थियो । महारानी एलिजाबेथ दुई विश्वभरका कागजी नोटमा समावेश गरिने सबैभन्दा लोकप्रिय व्यक्तित्व रहँदै आएकी छन् । क्यानडाको उक्त नोट भने अमेरिकाको भन्दा ठूलो आकारमा रहेको बताइएको छ । यसरी प्रतियोगितामा कलात्मक डिजाइनदेखि रङको प्रयोग, विशेष व्यक्तित्वहरुको आकृतिको सन्तुलन अनि सुरक्षा सम्बन्धी विशेषतालाई ध्यानमा राख्दै उत्कृष्ट मुद्राको छनौट गर्ने गरिएको छ । यसवर्षको उमेदवारीमा भने नोटको तेर्सो शैलीले पनि भोटिङ प्रक्रियामा प्रभाव पारेको बताइएको छ ।

इन्टरनेस्नल बैंकनोट सोसाइटीका अनुसार गत वर्ष विश्वभर १५० नयाँ नोटहरु सार्वजानिक भएको थियो तर ती मध्ये केबल १० प्रतिशतले मात्र यस अवार्डमा उमेदवार हुन योग्य किसिमले नयाँ डिजाइन अपनाएको पाइएको हो । यसअघि विगत् दुई वर्ष लगातार स्वीट्जरल्यान्डको मुद्राले प्रथाम स्थान हासिल गरिरहेको थियो । तर यस वर्ष भने स्वीट्जरल्यान्डको २०० को नोटले दोस्रोमा आएको छ । त्यस्तै तेस्रोमा चाहिँ नर्वे रहेको छ । इन्टरनेस्नल बैंकनोट सोसाइटी एउटा गैरलाभकारी शिक्षा संगठन हो जसले विश्वभरका बैंकनोट र कागजी मुद्राहरुलाई अध्ययन गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*