जनकपुर गोलीकाण्ड : पैसा लिन घरमै बोलाएर गोली हानी हत्या

जनकपुरमा गोली प्रहार गरी एक व्यवसायीको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका पंकज चौधरीले गोली प्रहार गरी व्यवसायी ४० वर्षका मनोज शाहको हत्या गरेका हुन् । बुधबार बिहान शिव आयल निगमका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका–२, वकिलटोल निवासी मनोज आफ्नो बाँकी बक्यौता पैसा माग्न जाँदा पंकजले गोली प्रहार गरेका थए ।
छातीमै दुई गोली लागेका व्यवसायी मनोज घटनास्थलमै मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट गोलीको २ वटा खोका बरामद भएको छ । साहको हत्या गरी छिमेकको घरमा लुकेका पंकजलाई प्रहरीले तत्कालै हतियारसहित पक्राउ गरेको छ ।
पंकजको साथबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली १९ थान, अर्को कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउण्ड गोली बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।