मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

जनपत्र
६ कार्तिक २०७६, बुधबार १४:१३

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ तामोरखोलामा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । धरान चतरा सडक खण्ड अन्तर्गत हात्तीसुडेबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३ –०३– ००१ प ६२० नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एकजना पैदल यात्रुको मृत्यु भएको छ।

मुत्यु हुनेमा बकैया ७ अधेरी बस्ने ५५ बर्षीय कृष्ण बहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।

मोटरसाइकल चालक बकैया ३ हात्तिसुडे बस्ने २४ बर्षीय सबिन दर्नाल रहेको र चालक पनि घाइते अवस्थामा रहेको उनको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल प्रहरी चौकी हात्तिसुडेको नियन्त्रण रहेको उपरिक्षक सिंहले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*