विप्लपका दुई जना नेकपामा प्रवेश

जनपत्र
३ कार्तिक २०७६, आईतवार १६:१७

हेटौँडा । विप्लव नेतृत्वको मकवानपुर युवा संयोजक सहित दुईजनाले आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रवेश गरेका छन् । आज मकवानपुरको हेटौँडामा भएको कार्यक्रमबिच विप्लव नेतृत्वका मकवानपुर युवा संयोजक सम्शेर घिसिङ र विप्लवका अर्का युवा नेता केशव सुनार नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल तथा जिल्ला कार्यालय तथा सचिवालय सदस्यहरुले अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । विप्लव नेतृत्वले शान्तिपूर्ण बाटो अवलम्बन गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । उनीहरुले आफुहरु अब नेकपाको कार्यकर्ता भएर राजनीति गर्ने समेत बताएका छन् ।

पार्टी प्रवेश गराउँदै नेकपा मकवानपुरकी अध्यक्ष सिग्देलले नेकपाले सधै सबै कार्यकर्तालाई जिम्मेवार तथा अवसर प्रदान गर्ने गरेको बताउनुभयो । नव प्रवेशीहरुलाई समेत पार्टीले उचित स्थान दिने उहाँको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*