मित्रनगरटोल विकास संस्थाको १४ औ साधारण सभा

हेटौंडा । हेटौंडा ४ को मित्रनगरटोल विकास संस्थाको १४ औ साधारण सभा तथा चियापान कार्यक्रम भएको छ । संस्थाका अध्यक्ष शान्ता वरालको अध्यक्षता तथा हेटौंडा ४ का कार्यबाहक वडा अध्यक्ष राजेन्द्रवास्ताकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ८० वर्ष कटेका तीन जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको छ । टोल विकास संस्था समन्वय समिति हेटौंडाका महासचिव शिवहरी दाहाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बार्षिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।