हेटौंडाको राप्तीपुल नजिकको कर संकलन केन्द्रमा आगजनी

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर नजीकै हेटौंडा उपमहनागरपालिकाले राजस्व संकलन गर्दै आएको कर संकलन गर्ने घुम्तीमा गएराती अज्ञात व्यक्तिले आगजनी गरेका छन् । हेटौंडा १ रापतीपुल नजिक ढुङ्गा, गिट्टी वालुवाको राजस्व संकलन गर्ने र कर काटिएर आएका बिलहरु चेकजाँच गर्ने घुम्तीमा गएराती आगजनी भएको हो ।
आगजनीबाट भित्र रहेको कुर्सी, केही कागजपत्र समेत जलेको उपमहानगरपालिका राजस्व साखाका प्रमुख गंगा चौलागाईले जानकारी दिनुभयो । आगजनीबाट महव्तपूर्ण कुनैपनि कागजपत्र नजलेको र चेक गरेर राखिएका केही रसिद मात्र जलेको हो ।