आलमकाे बचाउमा कांग्रेस नेतृत्व : षड्यन्त्र गरी सरकारले हाम्रा नेता कार्यकर्ता फसाउन खाेज्याे

जनपत्र
२ कार्तिक २०७६, शनिबार ०७:१०

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले षड्यन्त्रमूलक रुपमा कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिन थालेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि भक्तपुरको बोडेमा सुरु भएको दुईदिने प्रशिक्षणमा बोल्दै उहाँले सरकारले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी षड्यन्त्र सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१२ वर्षअघिको घटनालाई लिएर आलममाथि सरकारले अहिले झुटो मुद्दा लगाएर पक्राउ गर्‍यो, सरकारले १२ वर्षसम्म के हेर्‍यो, १२ वर्षसम्म केही नगर्ने अहिले आएर पक्राउ गर्ने रु यसबाट कुरा प्रष्ट हुन्छ कि सरकारको दुःख दिने नियत प्रष्ट छ’, उहाँले भन्नुभयो, ‘तर ढिलोचाँडो साथीहरुले न्याय पाउने छन् ।”

सभापति देउवाले दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउँदै देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको कार्यकर्ता बनाएको आरोप लगाउनुभयो । उहाँले जनताको करबाट तलब खाएर कुनै पार्टीको वकालत गर्न नहुने बताउँदै यदि गरे त्यस्ता कर्मचारीलाई एक एक गरेर हिसाब गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*