अफगानिस्तानको मस्जिदमा शक्तिशाली विष्फोट, ६२ जनाको मृत्यु

शुक्रबार नमाज पढिरहेका बेला अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परि कम्तीमा ६२ जनाको ज्यान गएको छ । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला बम विस्फोट गराइएको हो । विस्फोटमा परि कैयौँ घाइते भएका छन् । विस्फोटका कारण मस्जिदको छतसमेत खसेको छ ।
यस क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् । तर दुवैले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएका छैनन् । नानगहर प्रान्तका गभर्नर अताउल्लाह खोग्यानीका अनुसार प्रान्तीय राजधानी जलालाबादबाट ५० किलोमिटर पर रहेको हस्का मिना जिल्लाको एउटा मस्जिदमा विस्फोट भएको हो ।
यो विस्फोट संयुक्त राष्ट्र संघले यस वर्षको गर्मीमा अफगानी आम नागरिकको बढी ज्यान गएको बयान जारी गर्नेबित्तिकै भएको हो । संयुक्त राष्ट्र संघका अनुसार गएको जुलाईदेखि सेप्टेम्बरसम्म कम्तीमा ११७४ नागरिक मारिएका