मलेसियामा नेपाली श्रमिक ठग्ने कर्मचारीहरु हटायो नेपाली दुतावासले
नेपाली राजदुतावास मलेसियामा पब्लिक रिलेशन अफिसरका रुपमा कार्यरत रबि भट्ट र ड्राइभरका रुपमा कार्यरत डिल्ली धिताल ९राजु अनुपम धिताल० लाई अन्तत नेपाली राजदूतावास मलेसियाले राजिनामा दिन लगाएर कामबाट हटाएको छ ।
नेपाली राजदूतावास मलेसियाका लागि राजदुत उदयराज पाण्डेले बिचौलीयाहरुबाट सर्बसाधारणहरु नठगिउन भनी ट्राभल डकुमेन्टको फोटो कपि मात्र दिने प्रावधान बनाए पछि भट्ट र धितालले ओरिजिलन डकुमेन्टलाई मलेसियन रिंगेटमा आर एम ४०० देखि ६०० मा बिक्री गर्ने गरेको ९भट्ट र धितालको बार्गेनीङ अडियो सहित० समाचार हाम्राकुरा लगायतका मिडियामा प्रकाशन भएपछि दवावमा परेका उनीहरुले राजिनामा दिएका हन्।
यसरी ठगिदैछन् नेपाली राजदुतावास मलेसियाका कर्मचारीबाटै श्रमिकहरु
यद्यपि अझै पनि नेपाली राजदुतावासको कर्मचारीको रुपमा रहेर बिभिन्न म्यानपावर ब्यवसायमा संलग्न रहेका कर्मचारीहरु अझै पनि दुतावासमै कार्यरत स्रोतले जनाएको छ । दुतावासको कर्मचारीको रुपमा कार्यरत रहि मलेसियाका बिभिन्न कम्पनीहरुसँग नेपालबाट कामदारहरु ल्याइदिन्छु मलाई कति कमिसन दिने भन्दै दुतावासको कार्यालयमा बसेर स्थानीय मलेसियन कर्मचारीहरुसँग बार्गेनिङ गर्ने गरेको स्रोतले जनाएको छ ।