विकास धनाढय वर्गले देखेन : ओली

जनपत्र
३० आश्विन २०७६, बिहीबार ०७:१३

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको विकास निर्माणको काम धनाढ्य वर्गका व्यक्तिले नदेखेको बताएका छन् ।
दसैं, दिपावली तथा छठलगायत पर्वको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले बुधबार काठमाडौको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिब र मध्यम वर्गले सरकारले गरेको कामको प्रशंसा गरेको बताएका छन् ।
गरिब र मध्यम वर्गका मानिसको जीवनस्तर माथि रहेको तर केही धनाढ्य माथिल्लो स्तरकाले सरकारको आलोचना गरेको आरोप लगाएका छन् । सरकारले समृद्ध नेपाल निर्माणका लागि अभियान सुरु गरेसँगै नेपालमा गरिबी निवारण हुँदै गएको उनले दाबी गरे ।

वर्तमान सरकारले अलपत्र छोडेको ठूला आयोजना सम्पन्न गरेर विकासको क्रममा मुलुकले फड्को मारेको पनि उनले बताए ।
चियापान कार्यक्रममा नेकपाका सचिवालय सदस्य, पार्टीका भातृसंस्थाका नेता तथा कार्यकर्ता, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, विभिन्न संघसंस्थाका पदाधिकारीसहित सर्वसाधारण उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*