विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल हुनुभएको छ । ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन ९बीबीसी० ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्ष यो सूचीमा महिला सशक्तिकरण र पोषणको क्षेत्रमा योगदान पुर्याएवापत नेपालकी बोनिता शर्मा १ सय महिलाको सूचीमा अटाउनुभएको हो ।
शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स ९सोचाइ० संस्थाकी संस्थापक हुनुहुन्छ । उहाँ नेतृत्वको संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ । उहाँ र उहाँको संस्था ‘सोचाइ’ ले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत हात पारेको थियो । विश्वभरका युवाले दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कामको खोजी गर्ने क्रममा १ सय देशका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै सोचाइ पुरस्कृत भएको हो । सोचाइले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।