बेईजिङ घोषणापत्र र कार्यनीति बारे हेटौंडामा समिक्षा
मकवानपुर– बेईजिङ घोषणा पत्र र कार्यनीति (बेईजिङ+२५) का बिषयमा हेटौंडामा मंगलबारबाट दुई दिने समिक्षा कार्यक्रम सुरु भएको छ । वियोण्ड बेईजिङ कमिटि (बिविसी) को आयोजना, युएन ओमनको सहयोग तथा नारी सिप सृजना केन्द्र नेपालको संयोजनमा प्रदेश स्तरीय कार्यशाला भएको हो ।
सन २०३० सम्ममा हरेक तह र क्षेत्रमा ५०/५० प्रतिशत महिला सहभागिता पुर्याउने बेईजिङ घोषणा पत्रका विषयमा प्रदेश स्तरीय प्रमाणिकरण तथा महिलावादी आधारपत्रका बारेमा परामर्श गोष्टिको आयोजना गरिएको हो । गोष्टिमा मुख्यता बेईजिङ घोषणाको अवस्ता तथा हाल सम्म प्राप्त उपलब्धीका बारेमा छलफल भएको थियो । महिला अधिकारका विषयमा नागरिक समाजको तर्फबाट प्रदेश स्तरीय पुनरावलोकन, प्रमाणिकरण तथा महिलावादी आधारपत्र र परामर्शको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
विषेश गरि बेईजिङ कार्यनीति तथा बेईजिङ+२५ पुनरावलोकन प्रक्रिया सम्बन्धमा अभिमुखिकरण गराउने, महिलाहरुको जीवनमा बेईजिङ कार्यनीतिको प्रभाव मापन तथा महिलावादी अन्तरपुस्ता अभियानका नेतृसंग महिलावादी आधारपत्रमा छलफल गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पहिलो दिन मंगलबार बेईजिङ कार्यनीति तथा यसको व्यवहारीक प्रभाव, पुर्व परामर्शको उपलब्धीहरु, चुनौतिहरु त्था विध्नबाधाहरु अवलोकन तथा पृष्ठपोषण, बेईजिङ घोषणापत्रका ६ वटा विषय वस्तुलगायतका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा बेईजिङ घोषणापत्र तथा कार्यनीति, यसको महत्व, उपलब्धी, यिबोण्ड बेईजिङ कमिटिका तर्फबाट महिला अधिकारका विषयमा भएका प्रयासहरु, बेईजिङ कार्यनीतिका सरोकारका १२ बुंदाहरु तथा महिला अधिकार सुनिश्चित गर्न भएका महत्वपुर्ण कामहरुलगायत विषयमा बियोण्ड बेईजिङको तर्फबाट अञ्जना शाक्यले प्रस्तुति गर्नुभएको थियो । बुधबार सम्म संचालन हुने कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहेको छ ।