काग्रेश मकवानपुरको शुभकामना, समृद्धीको यात्रामा संगै हिड्ने प्रतिवद्धता

जनपत्र
२६ आश्विन २०७६, आईतवार १०:२२

हेटौंडा । नेपाली काग्रेश मकवानपुरले आज बिहान हेटौंडामा दशै, तिहार, छट तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काग्रेश मकवापनुरका सभापति तथा प्रतिपक्ष दल नेपाली काग्रेशका प्रदेश नम्बर ३ का नेता इन्द्रबहादुर वानियाँले नेपालको समृद्धीको यात्रामा आफुहरु संग संगै रहेको वताउनुभयो ।

आजै देशैभरीका जिल्ला र केन्द्रमा समेत चियापान कार्यक्रम रहेको उहाँले वताउनुभयो । समृद्धीको यात्रामा एउटै सोच र एउटै विचारले मात्र अगाढी वढ्न सकिने उहाँले वताउनुभयो ।

कार्यक्रममा प्रदेश ३ का सभामुख सानूकुमार श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडा, निवर्तमान संबिधान सभाका सदस्य अनन्त पौडेल, नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश सभाका सदस्य मुनु सिग्देल, प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, ओम घलान, सन्तराम प्रजा, हेटौंडा उपमहानगरपालिकाका निमित्त मेयर मिना कुमारी लामा लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*