चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण आज: यस्तो छ कार्यतालिका

जनपत्र
२५ आश्विन २०७६, शनिबार ०६:३३

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन्। उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो ।
यस्तो छ शनिबारको कार्यतालिका
राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । त्यसलगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६ः३० बजे भेटवार्ता गर्ने तालिका तय गरिएको छ। शीतल निवासमा विशेष स्वागतको तयारी गरिएको छ। सो अवसरमा दुई देशीबीचको सम्बन्धको विस्तारका विषयमा छलफल गर्नेछन्। करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा राखेकी छन्। शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ। सीको रात्रिभोज गराउने होटल सोल्टी निकै सिँगारीएको छ भने उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*