छ माया छपक्कै चलचित्र हेर्न हेटौंडाका सिनेमा हलमा भिड

हेटौंडा । चलचित्र छ माया छपक्कैु आज शुक्रबार देखि हेटौंडाको एल एस सिनेमा हल, ओम्याक्स हल सहित देशैभर प्रदर्शनमा आएको छ । यो सिनेमा हेर्नका लागि दर्शकहरुको निकै भिड लागेको नारायणी महलका निर्देशक कैलाश ढकालले वताउनुभयो ।
दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतको विशेष भूमिका रहेको छ ।
यो चलचित्र यसअघिको छक्का पञ्जा सिरिजभन्दा फरक रहेको निर्माण पक्षले बताएको छ । चलचित्रको कथा राजनीतिले प्रेममा पार्ने प्रभावमा घुमेको छ ।
रोहित अधिकारी निर्माता रहेको चलचित्रमा केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेका छन् । चलचित्रको कथा निर्देशक लामा, पटकथा दीपकराज गिरी र संवाद दीपक, केदार र जितु मिलेर लेखेका हुन् ।
यसअघि प्रदर्शन भैसकेको चलचित्रको जुनको जुनेली गीतलाई दर्शकले रुचाइसकेका छन् । चलचित्र दर्शकलाई कस्तो लाग्छ रु यसका लागि भने केही दिन कुर्नुपर्ने हुन्छ ।