हेटौंडामा नापी विषयमा पढाई हुँदै

हेटौंडा । हेटौंडामै पहिलो पटक नापी विषयमा पढाई हुने भएको छ । हेटौंडाको वंश गोपाल माविमा नापी विषयमा पहिलो पटक पढाई हुन लागेको बिद्यालयका प्राबिधिक विषयका संयोजक रविन पाठकले वताउनुभयो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित बंशगोपाल माविमा जिल्लामै पहिलो र एक मात्र नापी सम्बन्धि कोर्स जियोम्याटिक्स सर्भे इन्जिनियरिङ् पढाई हुने भएको उहाँले वताउनुभयो ।
सिटिइभिटीद्वारा मान्यता प्राप्त उक्त विद्यालय प्राविधिक शिक्षालयमा ३ बर्षे डिप्लोमा कोर्सका लागि सर्भे इन्जिनियरिङ् तर्फ ४४ सिट र सिभिल इन्जिनियरिङ्तर्फ केही सिमित सिट रहेको विद्यालयले जनाएको छ ।