गाईलाई ढुङ्गाले हानेर मारेको अभियोगमा खत्री पक्राउ

जनपत्र
२० आश्विन २०७६, सोमबार ०६:४५

गाई मारेको अभियोगमा पाल्पा निस्दी १ बाकामलाङ राइकाभञ्ज्याङ्का एक व्यक्ति पक्राउ परेका छन् । शनिवार गाई मारेको आरोपमा ३९ बर्षका भक्त बहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय राम प्रसाद खत्रीको ९ बर्षको गाईलाई ढुङ्गाले हानेर मारेको अभियोगमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिं रानाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*