किशोरीमाथि जर्बजस्ती, युवक पक्राउ

जनपत्र
२० आश्विन २०७६, सोमबार ०६:४१

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका(६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेमकुलले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*