ग-र्भनिरोधक चक्कीका फाइदा र बेफाइदा यस्ता छन्

जनपत्र
२० आश्विन २०७६, सोमबार ०६:३७

अनिच्छित गर्भ रोक्नका लागि महिलाहरूले गर्भनिरोधक चक्की लिने गर्छन् । आजकल यस्ता चक्कीको प्रयोग तीव्र गतिले बढ्दो छ । यस्ता औषधिहरू सानो आकारका हुन्छन् तर यिनले प्रभावकारी रूपमा काम गर्छन् । तर गर्भनिरोधक चक्कीको अत्यधिक प्रयोगले महिलाको स्वास्थ्यमा खराब असर गर्छ ।

महिलाले असुरक्षित सम्भोग गरेको तीन दिनभित्रमा यो चक्की सेवन गर्दा असर गर्छ । तर जति छिटो सेवन ग–यो त्यति राम्रो । चक्की सेवन गरेको पाँच दिनपछि त्यसको असर शरीरमा देखिन थाल्छ । यस्ता पिल्समा उपयोग भएका रसायनले शरीरमा भ्रूण निषेचनलाई रोकिदिन्छन् र गर्भ रहन दिँदैनन् । यी गोलीहरूको सेवनले गर्भाशयमा भएका अण्डालाई सेचन गर्न दिँदैन ।

विज्ञहरूका अनुसार, यी चक्कीहरूले राम्रो काम गर्छन् । तर लामो समयसम्म यिनको सेवन गर्दा दिमागमा नकारात्मक प्रभाव पर्छ र रगत पनि बिग्रन्छ । गर्भनिरोधक चक्कीले रक्तसञ्चार रोकिदिन्छन् जसकारण गर्भधारण हुन पाउँदैन तर अत्यधिक सेवनले हृदयघातको सम्भावना बढाइदिन्छ । महिलालाई गर्भनिरोधक चक्की खुवाउनुभन्दा पुरुषले कन्डम प्रयोग गरेर सम्भोग गर्नु नै सुरक्षित र सहज उपाय हो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*