खुलामञ्चमा ‘विद्रोह’ : बार भत्काइयो, भर्खर गरेको ढलानमा गाडी गुड्यो

खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ कालोपत्रे गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।
सांसद भीमसेनदास प्रधान र काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीसहित खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएर काम रोकेका छन् । साथै भर्खर गरिएको ढलानमा गाडी कुदाएर भड्काएका छन् ।