दौड जित्दै अनिष थापामगर बने ‘लिगलिगे राजा’
अनिष थापामगर लिगलिगे राजा घोषित भएका छन् । बिहिबार गोरखामा सम्पन्न लिगलिगे दौड प्रतियोगितामा सबैभन्दा पहिले दौड पूरा गर्दै अनिष राजा बनेका हुन् ।
लमजुङ घर भएका अनिष भारतीय गोरखा सैनिकमा कार्यरत छन् । उनी लगातार चौंथोपटक उपाधि जित्दै एक दिनको राजा घोषित भए । उनले लिगलिगको निर्धारित १३।८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेन्डमा पूरा गरे । दोस्रो स्थानमा नेपाली सेनाका खगेन्द्रबहादुर र तेस्रो स्थानमा रामजी बस्नेत भए ।
हरेक वर्ष गोरखाका राजा द्रव्य शाह लिगलिगको दौड जितेर राजा भएको स्मरणमा प्रतियोगिता आयोजना गरिन्छ । यसपटकको लिगलिग दौड दसौं संस्करण हो ।
लिगलिगमा वि।सं। १६०४ मा लिगलिगे दौड शुरु गराइएको मानिन्छ । यसलाई २०६७ सालबाट खेलकुदका रुपमा शुरु गरियो ।