दशैका सामान बोकेर द्वन्दमा चार छोरा गुमाएकी पीडितको घरमा पुगे मेयर महत

हेटौंडा । मुलुकमा दुई खालका आन्दोलनका क्रममा आफ्ना चार जना छोरा गुमाएकी हेटौंडा ९ की सुभद्रा दर्नालको घरमा यस भन्दा अगाढीका धेरै चार्ड पर्व खान र लाउनकै पीडामा बिते । अनी छोरा गुमाउँदाको थप पीडा पनि त्यतीकै । घरमा बिहान बेलुकाको छाक टार्न पनि धौ धौ । त्यसमा पनि उहाँको बिरामीले थलीएको बृद्ध शरिर ।
आज एक्कासी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत दशैका लागि सामान बोकेर घरमा पुग्दा उहाँका आँखा समेत रसाए । झुप्रो घरमा बस्दै आउनुभएकी दर्नालको घरमा मेयर महतले खाद्यान्नका सामान, दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नुन, मसलाहरु ल्गायतका सामान मेयर महतले हस्तान्तरण गर्नुभयो ।
दशैमा लगाउनका लागि उहाँ र उहाँका नातीनीलाई कपडा, दशै, तिहार मान्नका लागि नगद रकम समेत मेयर महतले हस्तान्तरण गर्नुभयो । मुलुकको परिवर्तनका लागि छोरा गुमाएपनि बषौ देखि उहाँलाई धेरै खालका अभावनै अभाव थियो । तर, स्थानीय सरकारले आफ्नै घरमा आएर सहयोग गरेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्नो चार भाइ छोरा गुमाउन पुगेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ की ७० बर्षीया सुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको हो ।
आफ्नी १८ बर्षीयाा नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्वासी बस्तीमा बस्दै आउनु भएकी सुभद्रलाई मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको ब्यवस्था मिलाइने प्रतिबद्धता जनाउनु भएको हो । यीनै आमाहरु जस्ता छोराहरुकै बलिदानीमा आफूहरु स्थानीय सरकारको प्रमुख भएका कारण शहिद परिवारका बलिदानीको आफूहरुले उपेक्षागर्न नसक्ने मेयर महतले बताउनुभयो । उहाँले आमा सुभद्राको बस्ने, खाने सहित औषधी उपचारको समेत ब्यवस्था आफूले गरिदिने र नातिनीका लागि जिविकोपार्जनका लागि पनि सहयोग गर्ने बताउनुभएको छ ।
आफ्नो घरमा आजसम्म कोही नेता नआएको र मेयर आएर आफ्ना पीडा सुनिदिएको भन्दै सुभद्रा दर्नालले खुसी ब्यक्त गर्नुभएको छ । उहाँको पति नेत्र दर्नालको पनि करिब दशक अगाडि मृत्यु भइसकेको छ । उहाँका पाँच छोरा मध्यमा एउटा छोरा भने कालगतीका कराण मृत्यु भएको छ ।