काठमाडौंको चन्द्रागिरिस्थित त्रिभूवनपार्क नजिक एक युवकको शव फेला

जनपत्र
१६ आश्विन २०७६, बिहीबार ०६:४२

काठमाडौंको चन्द्रागिरिस्थित त्रिभूवनपार्क नजिक एक युवाको शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं।४ त्रिभूवनपार्कस्थित वडा नं. ४ र ७ को बीच भागमा रहेको खोलामा एक युवाको शव फेला परेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमारविक्रम थापाका अनुसार नाम थर वतन नखुलेको अन्दाजी ३०,३५ बर्षको पुरुष ब्यक्तिको शव खोलाको पानीमा मृत अवस्थामा फेला परेको बताए ।

थानकोटका डिएसपी थापाकाअनुसार गहुँगोरो बर्णको ५ फिट १ इन्च उचाई भएको कालो जिन्स पाईन्ट लगाएको मंगोलियन चेहेरा भएको व्यक्तिको शव फेला परेको हो । शव कसको हो भने पुष्टि नभएको उनले बताए । थानकोट प्रहरीले कोहि कसैले यो हुलियाँ थाहा पाए सम्बन्धित व्यक्तिहरुलाई थानकोट प्रहरीमा खबर गर्न समे अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*