मकवानपुरमा सवारी दुर्घटनामा ५ जना घाइते, तीनको अवस्था गम्भीर

जनपत्र
२० असार २०८२, शुक्रबार १५:०६

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आज दिउँसो विद्युत्तीय ईभी दुर्घटनामा परि पाँच जना घाइते भएका छन्। दुर्घटना दिउँसो करिब १ बजे भएको हो।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी भीरको घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर अनियन्त्रित भई करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १० जना सवार थिए। तीमध्ये ५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*