हेटौंडाको जिग्तेन शिवा छेथारलिङ गुम्बामा विश्व शान्ति फुर्वा पूजा सुरु

जनपत्र
१५ आश्विन २०७६, बुधबार १६:५६

हेटौडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा आजबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ । भारतको देराहदुनबाट आउनु भएको धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा तिन दिन सम्म फुर्बा पुजा पाठ हुने छ ।

सनोपोखारा स्थित गुम्बामा आज भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बुद्धधर्म अहिले बिश्वब्यपीकरण भैरहेको वताउनुभयो ।

अहिलेको समयमा पश्चिमा मुलुकहरुमा बौद्ध धर्म लगायत हिन्दुधर्म समेत अंगालिरहेको अवस्थामा हाम्रा केही दाजुभाईहरु अन्य बिदेशी धर्म प्रति आकर्षित भैरहेको देख्दा अचम्म लागेको बताउनु भयो ।

मेयर महतले भन्नुभयो–‘हामीले आफ्नो परिवार लगायत पदियक्रम त्याग्न सकिरहेको छैन, तर भगवान बुद्धले आफ्नो राजकाज नै त्याग गरे, शान्तिको सन्देश फैलाए अनि बुद्धत्व प्राप्त गर्नु भएको छ ।’ तीन दिन सम्मको पुजापाठ लगायत गुम्बाको भौतिक संरचना निर्माणको लागि उपमहानगरले सकेको सहयोग गर्ने समेत प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयो ।

त्यस्तै, तिन दिन सम्म हुने विश्वशान्ति तथा फुर्वा पूजामा आइपुग्नु भएको धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेले आफ्नो परिचय संगै फुर्बा पुजाको महत्वको बारे प्रस्ट पर्नु भएको थियो । गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रम उपमहानगरको जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, बुद्धधर्मलम्बीहरु सहभागी थिए ।

बुधबार बिहान हेटौडाको सामना होटलबाट धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेलाई संगै लिएर सिमा चोक, बुद्धचोक, कान्तिराजपथ हुदै गुम्बा रहेको स्थान सनोपोखारा बेलाडाँडा सम्म र्याली गरिएको थियो ।

‘पुण्य भुमि नेपालमा दिन प्रतिदिन बढ्दै गइ रहेको हत्या, हिंसा, अशान्तिले पिरोलिरहेको सम्पूर्ण प्राणीहरुको उद्धारको निम्ति शान्तिको कामना गर्दै विश्वशान्ति तथा फुर्वा पूजा पाठ शुरु गरेको अध्यक्ष स्याङ्बोले बताउनु भयो ।

बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रबचन र वाङ अभिषेक गर्नु हुने आयोजकले जनाएको छ । १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिको संयोजक रमेश थिङ तामाङले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*