जबरजस्ती करणी गरेकाे आराेपमा पक्राउ

जनपत्र
१५ आश्विन २०७६, बुधबार ०६:११

सोमबार राति करिब १० बजेको समयमा इटहरीमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। धरानबाट विराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातका सहचालक नितेश घिमिरे, सुमन मग्रान्ती र आशिष कार्कीले बसभित्रै इटहरी १० स्थित साथी पेट्रोल पम्प नजिकै जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

उनले घटनामा संलग्न मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं। १२ का ३३ वर्षीय विकास कसाई, झापा सुरुङ्गा नगरपालिका ४ बस्ने २२ वर्षीय सुरज थापा, सिरहाको लहान नगरपालिका ४ बस्ने २७ वर्षीय सुरेन्द्र भुजेल, मोरङ बेलबारी ७ बस्ने आशिष कार्कीलाई पक्राउ गरेको जानकारी दिए। त्यस्तै, सुमन मग्राती र नितेश घिमिरे फरार रहेकाले उनीहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*