हेटौँडा खानेपानी व्यावस्थापन बोर्डको बार्षिकोत्सवमा बिभीन्न व्यक्तित्वहरु सम्मानित तथा पुरस्कृत

जनपत्र
९ जेष्ठ २०८२, बिहीबार १६:३९

हेटौँडा । हेटौँडा खानेपानी व्यावस्थापन बोर्डको १२ औं बाषिकोत्सवमा बिभीन्न व्यक्तित्वहरु सम्मानित तथा पुरस्कृत गरिएको छ । बार्षिकोत्सवको हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उद्घाटन् गरिन । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले अहिले दैनिक ३ करोड ७० लाख लिटर पानी उत्पादन गरी २८ हजार ४ सय ६३ धारालाई पानी वितरण गर्दै आएको छ । बोर्डले मासिक १ करोड २० लाख रुपैयाँको बिलिङ गर्ने गरेको छ । बोर्डले ३९ वटा डिप ट्युव–वेल, १५ वटा सम–वेलबाट उत्पादन भएको पानी वितरण गर्दै आएको छ । ७ हजार ४ सय ७० घनमिटर पानी भण्डारण क्षमता भएको बोर्डले ६ सय २८ किलोमिटर पाइपलाइनबाट दैनिक ८ देखि ९ घण्टा पानी वितरण गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा बोर्डले कर्मचारी, नियमित तथा अधिक महसुल भुक्तानीकर्ता, पानी लिकेज तथा चुहावटसम्बनधी सूचना दिने व्यक्तिलाई सम्मान गरेको छ । यस्तै बोर्डमा हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष, स्वयम्सेवीरुपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका व्यक्तिलाई पनि बोर्डले सम्मान गरेको छ ।

बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यलयमा काम गर्ने उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ । कार्यक्रममा बोर्डले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगदसहित कर्मचारीहरू सब–इन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दीपिका केसी र सृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र सञ्जीव थिङ, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्णप्रसाद बस्ताकोटी, भूपेन्द्र सिलवाल, द्रोणकुमार धमला र पाल्साङ बल, चौकीदार तीर्थ मोक्तान, प्रकाश तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै नियमित तथा अधिक खानेपानी महसुल भुक्तानी गर्ने हेटौँडा सामुदायिक आँखा अस्पताल, हेटौँडा–४, पारिजात पथका तुलसीराम लामिछाने, हेटौँडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौँडा–१८, हर्नामाडीका प्रेमबहादुर कार्की, हेटौँडा–१६, हटियाका प्रकाश पुरी, हेटौँडा–१४, बनेल धापका लक्षबहादुर थपलिया र हेटौँडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको थियो ।

बोर्डले पानी लिकेज चुहावटसम्बन्धी सूचना दिने तथा सरोकारवालाहरूबिच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाताहरू हेटौँडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौँडा–१६, हटियाका बद्री दाहाल, हेटौँडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौँडा–८, कमानेका राम बहादुर दुलाल, हेटौँडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौँडा–१४, बनेलधापका कृष्णबहादुर गोले, हेटौँडा–१५, रातोमाटेका भरत निरौलालाई सम्मान गरिएको थियो । हेटौँडा–१६, हटियामा स्वयंसेवी रूपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पे डाँडाका धनबहादुर पुलामी, जरुङडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापा मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*