बागमती प्रदेशमा १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमण

हेटौंडा । बागमती प्रदेशमा १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको वन क्षेत्र बिभीन्न क्षेत्रबाट अतिक्रमण गरिएको हो ।
सबै भन्दा धेरै सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेका छन् । अतिक्रमण गरिएको वन क्षेत्रमा पर्यटन, होटलहरु, घर, टहरा निर्माण गर्ने, सुकुम्वासीहरुको बसोबास समेत रहेको छ ।
प्रदेश सरकार मातहत रहेको वन क्षेत्रको अतिक्रमण हटाउनका लागि जिल्ला स्तरका डिभिजन वन कार्यालयहरुले चासो दिएका छैनन् । प्रदेशमा कुल ४ लाख ५५ हजार ३५४ हेक्टर वन क्षेत्र रहेकोमा १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अतिक्रमण गरिएको वन क्षेत्र २०८१ साल असार मसान्त सम्मको हो । अतिक्रमण भएको वन क्षेत्र कानून बमोजिम रोक्नका लागि महालेखा परिक्षकको कार्यालयले सुझाब दिएको छ ।
यस विषयमा महालेखाको प्रतिवेदन यस्तो रहेको छ ।