अपराधको सूचना ल्याउने घुमुवा प्रहरी नै लुटपाटमा संलग्न

सुन लुटपाटमा संलग्न भएको आशंका प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक ९असई० प्रितम लामालाई पक्राउ गरेका हो । काठमाडौं प्रहरीका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले लामालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले मंगलबार दिउँसो पक्राउ गरेका हौं । विस्तृत अनुसन्धान अब सुरु हुन्छ ।’
अदालत विदा भएकाले उनको म्याद थप भएको छैन । काठमाडौं प्रहरीका घुमुवा लामाको सूचनाको आधारमा तीन पटक सुन र एक पटक हतियार पनि बरामद भएको थियो । तर, ३ असोजमा उनकै संलग्नतामा बौद्धबाट सुन लुटिएको उजुरी परेपछि लामा फरार भए । लुटपाटमा संलग्न समूहका एक सदस्यले प्रयोग गर्ने मोटरसाइकल लामाको नाममा भएको भेटिएको थियो ।
प्रकरणमा संलग्न लिखु–तामाकोशी गाउँपालिकाका राकेश तामाङ पक्राउ परिसकेका छन् भने अन्यको खोजी जारी रहेको प्रहरीले बतायो । समूहमाथि एक व्यवसायीको ६ सय ग्राम सुन लुटेको आरोप छ ।