मिडियाले जनताको आवाज उठाउनु पर्दछ – मुख्यमन्त्री पौडेल
हेटौंडाः प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मिडियाले जनताको आवाज उठाउनु पर्ने बताएका छन्। मुख्यमन्त्री पौडेलले रेडियो सन्देशको पहिलो वार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा जनपक्षीय पत्रकारितालाई जोड दिनुपर्ने बताएका हुन्। प्रदेशका मुख्यमन्त्री पौडेलले सम्मान गर्दै मिडियाले जनताको आवाज उठाउनु पर्ने बताए। रेडियो सन्देशको पहिलो वार्षिकोत्सवको अवसर रेडियो थाहा सञ्चार हेटौंडाका स्टेशन मेनेजर मणिराज गौतम सम्मानित भएका छन्।
रेडियाले वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पौडेलले थाहाकर्मी गौतमलाई नगद १० हजारसहित सम्मान गरेका हुन्। रेडियो थाहा सञ्चार मार्फत जनताको आवाज उठाएको भन्दै रेडियोले सम्मान गरेको हो। सरकारको प्रचार पनि गर्नुस् यस्तै मंगलबार हेटौंडामा नै भएको मुख्यमन्त्री र पत्रकारसँगको छलफल तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा सरकारले जनताको विषयमा गरेको काम प्रचार गर्न आग्रह गरेका छन्।
सँधै आलोचना र नकरात्मक टिप्पणी मात्रै मिडियाले गर्नु निराशाजनक भएको भन्दै सरकारले गरेका राम्रा कुराको पनि व्याख्या गर्नुपर्ने बताएका हुन्। प्रदेश ३ सरकार पत्रकारमैत्री भएको भन्दै उनले मिडिया समाजका परिवर्तनका संवाहक भन्दै सामाजिक परिवर्तनमा पनि भूमिका खेल्न आवश्यक रहेको बताए। पत्रकारलाई पछिल्लो समय सामाजिक सञ्जाल र सामाजिक संस्कृतिप्रति गम्भीर हुन आग्रह गर्दै मर्यादित पेशाकर्मीले समाजको संस्कारप्रति ध्यान दिनुपर्ने पनि बताए। थाहा खवरबाट ।