नेपाल धर्म, संस्कृति प्रेमी पर्यटकहरुको गन्तव्य बन्छ–मन्त्री नेपाल

जनपत्र
१४ आश्विन २०७६, मंगलवार २०:४१

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सानो भूभाग भएतापनि धर्म, संस्कृतिमा संसारका अन्य देशहरुभन्दा सम्पन्न रहेको वताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टि(नेकपा) सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ समन्वय कमिटिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो वताउनुभएको हो ।

दशै तिहार र छट पर्वको अवसरमा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमकामा बोल्दै उहाँले यसको समुचित प्रचार प्रसार गर्न सकेमा नेपाल धर्म, संस्कृतिप्रेमी पर्यटकहरुको गन्तव्य बन्ने वताउनुभयो । अमूल्य सम्पत्तिहरुको ब्राण्डिङ र प्रचारप्रसार देशको समृद्धिको आधार बन्न सक्ने वताउनुभयो ।

मन्त्री नेपालले भन्नुभयो–‘तीन तहका सरकारले केही समय कानुन र कार्यविधि निर्माणमा समय लगाउनुपर्यो । अहिले सरकार गतिका साथ अगाडि बढेको छ । केही कामका परिणामहरु तत्काल देखिँदैन । समय लाग्छ, हामिले फलफफूल रोपेका छौँ, केही समयपश्चात फल फलेको देखिनथाल्नेछन्, जनताले ठिक भैरहेको छ भन्ने अनुभूति छिट्टै गर्नेछन् ।’

उहाँले पार्टिका तहगत कमिटिहरु निर्माण गरेको वताउनुभयो । पार्टिका गतिबिधिहरुले जनतामा आशा पैदा गराउन सक्नुपने उहाँले वताउनुभयो । सरकारका सकारात्मक कामहरुको जानकारी जनतालाइ गराउनसक्नुपर्ने वताउनुभयो । देश समृद्धिको यात्रामा अगाडि बढेको वताउँदै उहाँले भन्नुभयो–‘हामी सबै नेता कार्यकर्ताहरु यो यात्राका यात्रीहरु हौँ । हाम्रा प्रत्येक कमिटिहरुमा देश र समाजलाइ समृद्धितर्फ अगाडि बढाउने विषयमा छलफल हुनु जरुरी छ, ठोस योजना बनाउनु जरुरी छ । कहिलेकाहिँ जनप्रतिनिधिहरुले काम गर्ने क्रममा ढंग नपुग्न सक्छ, त्रुटि हुनसक्छ । पार्टिपंक्ति एकढिक्का भएर कमिकमजोरीहरुलाइ सुधार्ने र जनप्रतिनिधिहरुलाइ जनभावना र घोषणापत्र अनुसारका योजनाहरु कार्यान्वयन गर्न आवश्यक सहयोग गर्नु जरुरी हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*