नेपालबाट झुक्याएर दिल्ली लगेपछि एक नेपाली पक्राउ
सन् २०१५ को एउटा बलात्कारको घटनालाई लिएर प्रहरीले एक नेपाली नागरिकलाई नेपालबाट झुक्याएर लगेर नयाँ दिल्लीमा पुगेपछि गिरफ्तार गरेको पाइएको छ ।
विजय नामका भरतपुर, चितवन निवासी एक ४९ वर्षीय व्यक्तिलाई त्यसरी दिल्लीमा पक्राउ गरिएको हो । उनी चार वर्षअघि नयाँ दिल्लीको एक स्थानीय गार्मेन्टमा काम गरेका थिए । उनी त्यहाँको एक्सपोर्ट हाउस ओख्लामा काम गर्दै आएका थिए ।आफूलाई ज्यादती गरेको पाएपछि उनले मालिककी ६ वर्षीया छोरीलाई सन् २०१५ अगस्ट १० का दिन बलात्कार गरेको प्रहरीले अभियोग लगाएको छ । उनले ती बालिकालाई हत्याको प्रयाससमेत गरेको आरोप लगाइएको छ ।
ती बालिकाकी आमाले दिएको उजुरीमा उनी घटना भएको दिन ४ बजे बालिकालाई लिन विद्यालयमा गएकी थिइन् । बच्चाको हजुरबा भनेर एकजना मानिसले लिएर गएको विद्यालय प्रशासनले जानकारी दिएको थियो । उनले बालिकालाई एकबजे नै विद्यालयबाट लगेको डिपुटी कमिसनर मन्दीप सिंह रनधावाले भनेका छन् ।