प्रेस चौतारी बागमती प्रदेशको अधिवेशन फागुन ७ गते चितवनमा

जनपत्र
१३ माघ २०८१, आईतवार ०७:१४

चितवन। प्रेस चौतारी नेपाल बागमती प्रदेशको अधिवेशन चितवनमा हुने भएको छ ।

प्रदेश कमिटीको दोस्रो अधिवेशन फागुन ७ गते चितवनमा गर्ने तय भएको बागमती प्रदेश कमिटीका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । अधिवेशनका लागि विभिन्न समिति गठन गरी समितिमार्फत काम भइरहेको उनले जानकारी दिए ।

अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाबाट प्रतिनिधि छनोट भएर आउने छन् । अधिवेशनको क्रममा प्रेस चौतारी बागमती पुरस्कार चार जनालाई र उत्कृष्ट शाखालाई सम्मान वितरणको कार्यक्रमसमेत रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश कमिटीको माघ ५ गते चितवनमा पूर्ण बैठक बसेको बैठकले अधिवेशनका सम्पन्न गर्नका लागि अध्यक्ष खतिवडाको संयोजकत्वमा कमिटीको कार्यसमिति र १० वटा जिल्लाका अध्यक्ष रहनेगरी मूल समिति गठन गरिएको कमिटीका महासचिव प्रकाश दाहालले बताए । कमिटीका कोषाध्यक्ष प्रज्वल पौडेलको संयोजकत्वमा सचिवालय सदस्य गोविन्द घिमिरे, सुनिल पौडेल र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डित रहनेगरी आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रदेश कमिटिका सचिवालय सदस्य दिपेन्द्र अधिकारीको संयोजत्वमा मकवानपुर इन्चार्ज रामशरण दुलाल र सदस्य लक्षमण गौतम रहनेगरी प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । प्रदेश कमिटी सदस्य आरती ढकालको संयोजकत्वमा प्रदेश कमिटी सदस्य रोहिणी त्रिपाठी र रामचन्द्र रुपाखेती रहनेगरी अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरिएको छ । चितवन इन्चार्ज रामकान्त पौडेलको संयोजकत्वमा लक्ष्मण गौतम र कृष्ण खनाल रहनेगरी भोजन तथा आवास उपसमिति गठन गरिएको छ ।

प्रदेश कमिटीका सचिव विदुर पौडेलको संयोजकत्वमा सचिवालय सदस्य विवश अधिकारी, नविन तिमल्सिना रहनेगरी सम्मान तथा पुरस्कार व्यवस्थापन उपसमिति गठन गरिएको छ । सचिव वासु श्रेष्ठको संयोजकत्वमा काभ्रे इन्चार्ज केदार तिमल्सिना, प्रदेश सदस्य सिमोन न्यौपाने, श्रीराम अधिकारीसहित १० जिल्लाका अध्यक्ष रहनेगरी प्रचारप्रसार उपसमिति गठन गरिएको छ । प्रदेश कमिटीका सदस्य मधुसुधन दवाडीको संयोजकत्वमा होमनाथ सापकोटा र बालकृष्ण अधिकारी रहनेगरी प्रस्तावना लेखन समिति गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*