चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

देशमा भएका बिभीन्न युद्धका कारण हेटौंडा ९ की ७० बर्षीया शावित्री दर्नालको कोख रित्तिएको छ । उहाँका चार छोराले धेरै युद्ध जिते तर, उहाँको समस्या हेर्ने कोही भएन ।
कृष्णउदास खनाल
१३ आश्विन २०७६, सोमबार ०८:५९

मकवानपुर,हेटौंडा प्रदेश तीनकै अस्थायी राजधानी, अनि पूर्व पश्चिम राजमार्ग पनि । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ पूर्व पश्चिम राजमार्गसँगै जाडिएको छ । यही राजमार्गबाट करिब दुई सय मिटर भित्र एउटा सकुम्वासी बस्ती छ,त्यही बस्तीमा एउटा बाँसले बारेको घर छ अनि त्यही घरमा उमेरले सात दशक पुगेकी एक आमा बस्छिन् र साथमा उनी १८ बर्षीया नातिनीपनि ।

बाहिर बाँस र काठले बारेको घर,भित्र लिपपोत गरेर सफा राखिएको घर अनि त्यही घर रुँग्दै गरेको अवस्थामा  ७० बर्षीया शावित्री दर्नाल भेटिइन् । मनमा कहिल्यै नमेटिने घाऊ छ तैपनि मुटुमाथि ढुंगा राखेर उनी हास्दै थिइन् अनि बाहिरबाट कोही नौला मान्छे आएपछि सत्कार गर्नुपर्छ भन्ने कुरा पनि सिकेकी छन् ,उनले ।

उनले पाँचभाइ छोरा जन्म दिइन् तर अहिले दशैं संघारमा नै आएको छ तर उनलाई दशैं दशैं बनेर आएको जस्तो लाग्दैन । पाँच भाइ छोरा जन्माएकी शावित्रीको कोख अहिले रित्तो छ । श्रीमानले छाडेर गएको पनि दशक भइसकेको छ । अहिले उनलाई साथ दिने भनेको त्यही कान्छा छोराको छोरी अस्मिसा छिन्,उनी भर्खर १८ बर्षमा पुग्नि ।

युद्धले रित्यायो कोख

२०४६ सालभन्दा अगाडि संसारमा नै आफू सबैभन्दा खुसी रहेको महुुसुस थियो,शावित्रीको तर त्यसपछि उनको जीवनमा यस्तो कालो बादल मडारियो कि जसले जीजनभर उनलाई ठूलो घाउ लगायो । २०४६ सालको आन्दोलनमा देश परिवर्तन गछौं भन्दै उनका जेठो छोरा काजी र माइलो छोरा भक्त घरबाट निस्किए त्यसपछि उनीहरु कहिल्यै घर फर्किएनन् ।

उनलाई यत्ति थाहा छ,छोराहरुलाई तत्कालिन शासकले मा¥यो तर उनले आफ्ना छोराहरुको लाश समेत पाएकी छैनन् । २०५२ सालमा अर्को युद्ध भयो,काँइलो छोरा रंजित र कान्छो छोरा अमृत माओवादीमा लागे त्यसपछि २०६० सालमा यी दुबै छोरा मारिए भन्ने खबर उनले सुनिने तर लाश पाएकी छैनन् । चार छोरा गुमाएपनि साँइलो छोरा भीमको अनुहार हेरेर चित्त बुझाएकी शावित्रीले तीन बर्ष अगाडि साइलो छोराको पनि रोगका कारण मृत्यु भएपछि उनी बेसाहारा बनिन् । अहिले उनलाई रोगले च्यापेको छ,बिहान बेलुका खाने अन्न छैन,कमाउन सक्दिनन् । रोएर मात्रै आफ्नो दिन बित्ने गरेको झन् चाडवाडमा अरुका छोरा आउदा आफ्नो मुटुमा भक्कानो पर्ने गरेको पीडा उनले रुँदै नेपाल समाचारपत्रसँग पोखिन् ।

नातिनीको कथा झन् कष्टकर

शवित्रीकी नातिनी अस्मिसा १८ बर्षमा पुग्नि। आफ्नो बावुको उनलाई अनुहार थाहा हुने कुरै भएन । आमा बावु बेपत्ता भएपछि अर्कइसँग डिहिँन् । उनलाई हजुरआमा शावित्रीले हुर्काइन् । कक्षा ८ मा पढ्दै गर्दा दुई बर्ष अगाडि उनलाई उनकै ठूलो फुपुले निर्धात गाली गरिछन् । उनी पढेको बिद्यालयमा गएर शिक्षक र साथीहरुकै अगाडि उनको बेइज्यत गरिछन् । त्यो सहन नसकेर अस्मिसाले बिष खाइछन् ।

चार दिनको अस्पतालको बसाइपछि उनी घर आइन् । फूपुले आफूलाई तैंले तेरो बाऊ पनि खाइस्,मेरो आमा पनि खान्छेस् भन्नै गाली गर्ने गरेको बताइन् । स्कूलको नैतिक बिषय पढाउने सरले सामान्य पिटेका कारण र आफ्नो बेइज्यत भएका कारण स्कूल नगएको उनी बताउछिन् ।
सहयोगको अपेक्षा

बुढेश कालमा साहारा देलान् भन्ने छोराहरु नै मारिएपछि उनलाई अहिले सहयोगीहरुको आश लागेको छ । उनी रोगी छन् । उनलाई हालसम्म हेटौंडाबाट प्रसारण हुने हेटौंडा एफएमले तीजको दिन रु. पाँच हजार सहयोग गरेको संझना छ । त्यही दिन मकवानपुरकै एकजना ब्यवसायीबाट रु. पाँच हजार सहयोग पाएकी छिन् । त्यो पैसा औषधीमा खर्च भएको र दुई हजार बचाएर दशैंका लागि चालम किनेको उनी सुनाउछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*