एक साताअघि बाढीमा बेपत्ता बालिकाको शव फेला

जनपत्र
१३ आश्विन २०७६, सोमबार ०६:५४

बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ। असोज ५ शनिबार राति बाढीले दुई बालिकालाई बेपत्ता बनाएको थियो। बाढीले १० वर्षीया प्रविना परियार र आठ वर्षीया अनुष्का परियार बेपत्ता बनाएको थियो।
तीमध्ये प्रविनाको शव आइतवार साँझ बाग्लुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार शव आफन्तको जिम्मा लगाइएको छ। ती बालिकाहरु बगरफाँटकी माया परियारको घरमा पाहुना गएका बेला बाढीले बेपत्ता बनाएको थियो। अनुष्काको अवस्था भने अझै थाहा हुन सकेको छैन। खोलाले धार परिवर्तन गरी बस्तीमा पस्दा दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको घर पूर्ण क्षति गरेको छ। तीन घरमा आंशिक क्षति गरेको छ। सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*