एसियाली पुरुषमा बढ्दै छ प्रोस्टेट क्यान्सर, बेलैमा लक्षण थाहा पाए औषधिबाटै हुन्छ उपचार

जनपत्र
१३ आश्विन २०७६, सोमबार ०६:४८

प्रोस्टेट क्यान्सर पुरुषमा मात्र हुन्छ । किनकि, यो रोग लाग्ने अंग ‘प्रोस्टेट ग्रन्थि’ पुरुष प्रजनन प्रणालीको एक हिस्सा हो, जुन महिलामा हुँदैन । पछिल्ला वर्ष विश्वभर प्रोस्टेट क्यान्सरका बिरामीको संख्या उल्लेख्य बढेको छ । विशेषगरी एसियाली मूलका पुरुषमा प्रोस्टेट क्यान्सर तीव्र रुपमा बढेको पछिल्ला अध्ययनले देखाएका छन् ।

प्रोस्टेट के हो ?

प्रोस्टेट एक ग्रन्थि हो । यो पिसाब नलिको चारैतिर फैलिएको हुन्छ । यसको मुख्य काम शुक्राणुहरुलाई पोषण दिनु हो । सामान्यतया यो ग्रन्थिको वजन १८ ग्राम हुन्छ । जब कोषहरुको अनावश्यक विभाजन भई यसको आकार÷वजन बढ्छ, तब क्यान्सरको खतरा हुन्छ । प्रोस्टेट ग्रन्थिको वजन ३० देखि ५० ग्राम पुग्दा प्रोस्टेट क्यान्सर हुन्छ ।

अहिलेसम्म प्रोस्टेट बढ्नुको कुनै ठोस कारण पत्ता लागेको छैन । तर, यसको खतरा उमेरसँगै बढ्दै जान्छ । अक्सर पुरुषमा ४० वर्षको उमेरपछि प्रोस्टेटको आकार बढ्ने पाइएको छ । यदि सुरुवाती समयमै यसका लक्षणहरु थाहा पायौँ भने हामी क्यान्सर हुनबाट बच्न सक्छौँ ।

प्रोस्टेट बढ्दाका लक्षण

पिसाब गर्न मुस्किल हुनु प्रोस्टेट बढ्नुको लक्षण हो । रातमा धेरैपटक पिसाब आउनु, अचानक पिसाबको फ्लो कम हुनु, पिसाब गरिसकेपछि तत्कालै पिसाब आएजस्तो अनुभव हुनु पनि प्रोस्टेट ग्रन्थि बढ्दाका लक्षण हुन् । यसका अतिरिक्त प्रोस्टेट बढ्दा पिसाब र दिशामा रगत पनि देखिन सक्छ ।
शरीरको कुनै पनि भागको छालामा कालो धब्बा, धर्साहरु वा जुनसुकै परिवर्तन आयो भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ । छालामा हुने परिवर्तन प्रोस्टेट क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ ।
विनापरिश्रम लगातार पिठ्युँ वा शरीरको कुनै पनि भाग दुखिरहनु प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ ।
लगातार शरीरको तौल घट्दै जानु पनि प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ । विना कुनै कारण छिटोछिटो शरीरको तौल घट्यो भने सम्झनुुस्, यो क्यान्सरको संकेत हो ।
पाचन प्रक्रियाले सही ढंगले काम नगर्नु पनि प्रोस्टेट क्यान्सरको लक्षणमध्ये एक हो । प्रोस्टेट क्यान्सर हुँदा शरीरको रोग–प्रतिरोधक क्षमतामा पनि ह्रास आउँछ । यसले शरीरमा अन्य रोगको समेत खतरा बढाउँछ ।
उपचार

प्रोस्टेट क्यान्सरको उपचार सम्भव छ । सुरुवाती अवस्थामै थाहा भयो भने औषधिबाटै यसको निदान गर्न सकिन्छ । तर, रोग छिप्पिसकेको अवस्थामा भने औषधिले काम गर्दैन, सर्जरी नै गर्नुपर्ने हुन्छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*