मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

जनपत्र
२६ मंसिर २०८१, बुधबार १२:२८

हेटौंडा / महेन्द्र राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका ६ चौकीटोलमा अन्दाजी ३५र४० वर्षका पैदलयात्रीको बसको ठक्करबाट मृत्यु भएको छ । पैदलयात्रीको पहिचान खुलेको छैन ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५५२४ नम्बरको यात्रुवाहक बसको ठक्करबाट पैदलयात्री घाइते भएका थिए । तत्कालै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उपचारको निम्ति हेटौंडा अस्पताल ल्याएको थियो ।

उपचारको क्रम घाइतेको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । ठक्कर दिने बस र बस चालक जितपुर सिमराका ५८ वर्षीय उद्धव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिका(१९ बस्तीपुरमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बस्तीपुरबाट मनहरीतर्फ जाँदै गरेको बाप्र०३–००१ ह ०२५१ नम्बरको अटोको ठक्करबाट मनहरी गाउँपालिका ३ सुकौराका ४२ वर्षीय मनोज लामाको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*