मकवानपुरको बिभीन्न स्थानमा लडेर दुइ जनाको मृत्यु

जनपत्र
२३ मंसिर २०८१, आईतवार १९:२६

हेटौंडा । मकवानपुरको बिभीन्न स्थानमा लडेर दुइ जनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ छुरिगाउँ बस्ने चन्द्र बहादुर डिम्डुङगको श्रीमति बर्ष ५० वर्षकी शर्मिला डिम्डुङग डाँडाबाट लगेर मृत्यु भएको हो ।

कुलेखानी जान्छु भनी घरबाट गएकोमा बेलुका सम्म घर फिर्ता नभएपछी उनको आफन्तले खोजतलाश गर्दै जाने क्रममा इन्द्रसरोवर गाउँपालिका–४ पौवा स्थित डाडाँबाट लडि ५० फिट तल खसि पौवाखोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

यसैगरी हेटौडा उपमहानगरपालिका वडा नंबर–१२ पदमपोखरी बस्ने ५५ वर्षिय बिजय थिङ होटलमा साथिहरु संग गफ गर्दा गर्दै आफै अचानक सोही होटलको भुईमा लडी घाईते भई उपचारको लागी चुरेहिल अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*