राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा हेटौंडामा कार्यक्रम

जनपत्र
१६ मंसिर २०८१, आईतवार १९:१०

हेटौंडा । नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेशको आयोजनामा राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा हेटौंडामा कार्यक्रम गरिएको छ । कार्यक्रमको बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन् गरे ।

कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम गरेको बताए । जनताको स्वाथ्य उपचारमा प्रदेश सरकारले धेरै खालका कामको सुरुवाती गरेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदिप ज्ञावालीले स्वास्थ्य मन्त्रालय र प्रतिषठनको बिचमा सुमधुर सम्वन्ध भएमा जनस्वास्थ्यको विकास तथा स्वास्थ्य अनुसंधमनमा अर्को छलाङ मार्न सकिने बताए ।

नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेशका अध्यक्ष सुपेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लोकसेवा आयोग बागमती प्रदेशका अध्यक्ष महेश्वर श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्र झा, स्वास्थ्य मन्त्रालयका निमित्त सचीव सागर घिमिरे, प्रतिष्ठानका डिन दुर्गा खड्का, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख डा खगेश्वर गेलाल, नेपाल जनस्वास्थ्य संघका केन्द्रिय अध्यक्ष कृष्णमा शाक्यलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । यसैगरी स्वास्थ्य निर्देशनालयका निर्मल घिमिरे र प्रतिष्ठानका नम्र महतोले प्रस्तुतिकरणसमेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*