बागमती प्रदेश लोक सेवा सदस्यमा खड्का नियुक्त

जनपत्र
१३ मंसिर २०८१, बिहीबार १८:३७

मकवानपुर । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोग वाग्मती प्रदेश सदस्यमा रामबहदुर खड्का नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले खड्कालाई बिहीबार सदस्यमा नियुक्त गरेका हुन् ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो । तत्कालीन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागू हुने गरी कात्तिक २ मा राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

दोलखा जिल्लाका गौरिशंकर गाउँपालिका ५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुक्तिको लागि २ मंसिर २०८१ को मन्त्रिपरिषद्‌ बैठकको प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

५ मंसिरमा प्राप्त सिफारिसअनुसार उनलाई प्रदेश प्रमुख देवकोटाले सदस्य पदमा नियुक्त गरेका हुन् । उनको शपथग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*