हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वदन तालिमको समापन

जनपत्र
१२ मंसिर २०८१, बुधबार १८:५०

हेटौंडा । ग्रिन फाउण्डेशन नेपालको आयोजनामा सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वदन तालिमको समापन भएको छ ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले कृषि र वनसंग जोडेर उद्यम बन्नका लागि सबैमा आग्रह गरे । तालिममा लिएको सिपलाई व्यावहारमा उतार्नुपर्नेमा उनको जोड छ । आर्थिक रुपमा सम्पन्न हुनका लागि कृषि र वनसंग जोडिएर काम गर्नका लागि उनको आग्रह छ ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघका निबर्तमान अध्यक्ष भारती पाठकले कृषि र वनलाई जोडेर धेरै खालका उद्यम गर्न सकिने बताइन । अहिले बेसार उत्पादन गर्ने हो भने पनि धेरै पैसा आजैन गर्न सकिने उनको भनाई छ । रुख काट्ने मात्र भन्दा पनि यसको उपभोग अहिलेको आवस्यक्ता रहेको पाठकले बताइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*