आर्किडस ग्लोबलको २९ औं शाखा हेटौंडामा, विस्तार ब्राण्डेड कपडाहरु अब एकै ठाउँमा

जनपत्र
१२ आश्विन २०७६, आईतवार १८:३०

आर्किडस ग्लोबल प्रालिको २९ औं शाखा हेटौंडामा सञ्चालन भएको छ । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

नेपालको विभिन्न मुख्य शहरहरुमा शाखा रहेको र प्रदेश ३ को राजधानीमा यसको शाखा सञ्चालन गरिएको कम्पनीका प्रवन्धक निर्देशक मुकेश कुमार शाहले बताए । कम्पनीमा बालबच्चा सहित लेडिज एण्ड जेन्सका सबै प्रकार कपडा पाइने शाहले बताए ।

मकवानपुरमा रहेको एकमात्र मलमा रहेको शाखाबाट नेपालमा विक्रि हुँदै आएका् अन्तराष्ट्रिय ब्राण्डका उत्कृष्ट कपडा तथा अन्य सामग्रीहरु विक्रि गर्नेगरि शाखा सञ्चालनमा ल्याईएको कम्पनीका प्रवन्धक निर्देशक मुकेश कुमार शाहले बताए ।

आज शुभारम्भ भएको शाखामा लेडिज, जेन्स सहित बच्चाहरुको सबैखाले कपडाहरु पाउने उनको नभाई रहेको छ । ७० प्रतिशतसम्म छुट अफर रहेको शाखामा पेपे जिन्स लण्डन, जीनि एण्ड जोनी ग्रिक, युनाईटेड कलर अफ बेनेटन, डिल लगाएतको ब्राण्डेड कपडाहरु पाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*