भीमफेदीस्थित बाल गृहलाई खशी प्रदान

जनपत्र
१२ आश्विन २०७६, आईतवार १८:२७

हेटौँडा । महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालले मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित बाल गृहलाई खशी प्रदान गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकालाई दशैँ मनाउन संस्थाले खशी प्रदान गरेको हो ।

महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालका अध्यक्ष ईन्दिरा न्यौपानेले आज हेटौँडामा एक कार्यक्रमकाबीच संगठनका अध्यक्ष रमेश गिरीलाई खशी हस्तान्तरण गर्नुभयो । संस्थाका अध्यक्ष न्यौपानेले बाल गृहमा रहेका बालबालिकाले शुभकामना आदान प्रदानसँगै खुशीयालीपूर्वक दशैँ बनाउन पाउन भनेर सहयोग गरेको जानकारी दिनुभयो ।

संगठनका अध्यक्ष गिरीले बाल गृहमा रहेका असहाय र अनाथ बालबालिकाहरु दशैँमा नेपाली परम्परा अनुसार मासु चिउरासँगै टीकाको कार्यक्रम रहेको बताउनुभयो । बाल संगठनले प्रत्येक वर्ष दशैँमा बाल गृहमा आश्रित बालबालिकालाई लक्षित गरी दशैँमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*