हेटौंडाको राप्तीतटमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

जनपत्र
२३ कार्तिक २०८१, शुक्रबार ०८:२२

हेटौंडा । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । हेटौंडाको राप्तीतटा उदाउँदो सूर्यलाई अघर्य दिएसंगै हेटौंडामा भभइरहेको छटपर्बको रौनक सकिएको हो । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन हेटौंडाको रापतीतटमा श्रद्धालुको भीड लागेको थियो ।

पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् ।

सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यो पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*