हेटौंडामा बजाजको महाएक्सचेन्ज

जनपत्र
१२ आश्विन २०७६, आईतवार ०७:२३

मकवानपुर ११ असोज । विश्व प्रख्यात मोटरसाइकल कम्पनी बजाजले हेटौंडामा महाएक्सचेन्ज संचालन गर्ने भएको छ ।
शनिबार बजाज मोटरसाइकलका लागि हेटौंडाको आधिकारिक बिक्रेता होराइजन अटो प्रालिले असोज १२ देखि १६ गतेसम्म महाएक्सचेन्ज संचालन गर्ने जानकारी दिएको हो । दसैं तिहारलाई मध्यनजर गर्दै ग्राहकको आग्रहलाई ध्यानमा राख्दै महाएक्सचेन्ज संचालन गर्न लागिएको होराइजनका संचालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए ।

५ दिन संचालन हुने महाएक्सचेन्जमा कुनैपनि ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरको न्यूनतम मूल्य ३० हजार दिइने, कुनैपनि मोटरसाइकलको प्रचलित बजार मूल्यांकन भन्दा १५ हजार थप दिइने र नयाँ मोटरसाइकलनको खरिदमा बाइक कभर, हेल्मेट, ल्याप्टप ब्याग, लेगार्ड निःशुल्न दिइने व्यवस्था गरिएको संचालक राजुकाजीरत्न बज्राचार्यले जानकारी दिए ।

संचालक बज्राचार्यले फाइनान्सको सुविधा साथै स्क्र्याच कुपनमार्फत नगद जित्न सकिने र दसैं तिहार नजिकिएको हुँदा सोचेभन्दा बढी मोटरसाइकल बिक्री हुने अपेक्षा गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*